काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गरेका छन् । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताए । उनले नवनियुक्तहरुलाई बधाई र शुभकामना दिँदै आफ्नो कार्यकालमा देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्नुपर्ने बताएका छन् । मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने छ ।
प्रधानमन्त्रीले भनेः मौद्रिक नीतिले समर्थन पायो अब गतिसाथ काम गर्नुपर्छ