काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशकालागि सिफारिस प्रकाशमानसिंह राउत र राजदूतहरुको संसदीय सुनुवाइ हुने भएको छ । दिउँसो १ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बैठक बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वय विरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।