Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने


सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रिडिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ । प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।