काठमाडौं, भदौ २७ । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो