रौतहट । रौतहटको सदरमुकाम गौरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई प्रहरीले पक्राउ गरेको छ। चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १ हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पैदल यात्री पक्राउ