काठमाडौं । सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेपछि आज सो मूल्यमा कारोबार भइरहेको हो ।
गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ थियो ।
उक्त सुनको मूल्यको उचाईलाई आज कायम मूल्यले ब्रेक गरेको हो । आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो।