Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुस्ताङको थासाङमा हिमपहिरो,जोखिममा परेका केही घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारियो


मुस्ताङको थासाङमा हिमपहिरो,जोखिममा परेका केही घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका—२ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आईसफलबाट खसेको हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ ।

जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ । ठाडो खोला थुनिएपनि तल्लो तटीय बस्तीमा उच्च जोखिम छैन । तर त्यसक्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् ।
तस्बिर सौजन्यः एपीएफ