Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

राष्ट्रिय इकोनमिक्स ओलम्पियाडका ५ विद्यार्थी हङकङ जाँदै


राष्ट्रिय इकोनमिक्स ओलम्पियाडका ५ विद्यार्थी हङकङ जाँदै

काठमाडौँ — राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेक्स स्कुलका प्रभात शाक्यले स्वर्ण पदक जितेका छन् ।

योसँगै उनीहरू हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाड आईईओका लागि योग्य भई बन्द प्रशिक्षणमा सहभागी हुने निश्चित भएको हो । फागुन ५ देखि ७ मा चलेको राष्ट्रियस्तरको प्रतियोगितामा सातै प्रदेशका ४० स्कुल तथा कलेजका १४३६ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्ट ८० मा पर्ने विद्यार्थीहरूमाझ काठमाडौंको एपेक्स कलेजमा अन्तिम चरणको तीनदिने प्रतियोगिता आयोजना भएको थियो ।

उनीहरूमध्ये १० जनालाई बन्दसत्रमा छनोट गरी त्यसमध्ये ५ जनालाई जुलाईमा हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुन पठाउने आयोजक योङ इकोनमिक्स सोसाइटी नेपालले जानकारी दिएको छ ।