Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेसको अडान कायमै, मंगलबार सरकारले पेस गर्ने नीति तथा कार्यक्रम रोक्ने तयारी


कांग्रेसको अडान कायमै, मंगलबार सरकारले पेस गर्ने नीति तथा कार्यक्रम रोक्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निष्कर्ष भएको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेतलाई रोक्ने निष्कर्ष निकालेको हो ।

सहकारी ठगीमामा संसदीय छानविन समिति गठनको माग गरिरहेको कांग्रेसले संसदमा कडा भएर प्रस्तुत हुने अडान लिएको छ । कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले संसदीय छानबिन समिति गठन हुनुपर्ने मागलाई कायम राख्ने निर्णय भएको बताए । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ,त्यसमा कांग्रेसको अबरोध कायम हुन्छ,प्रवक्ता डा.महतले भने ।