Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनापुरको आईपीओ बाँडफाँट


सोनापुरको आईपीओ बाँडफाँट

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सोनापुर सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि कम्पनीले साउन २९ देखि भदौ ११ गतेसम्म बिक्री खुलाइएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले सेयर बाँडफाँट गरेको हो । आईपीओमा ३० हजार ३४८ जना आवेदकबाट १६लाख ९२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपीओमा १० देखि ४० कित्ता माग गर्ने १० हजार ५९१ जनालाई माग बमोजिम पाएका छन् ।

यस्तै, ५० देखि ३ हजार कित्ता सेयर माग गर्नेलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअनुसार १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँट गरेर बाँकी रहेको सेयर ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई १० कित्ताका दरले थप सेयर वितरण गरेको जनाइएको छ ।