Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनएमबी बुद्ध एयरले भिसा डेबिट कार्ड सार्वजनिक गर्याे


एनएमबी बुद्ध एयरले भिसा डेबिट कार्ड सार्वजनिक गर्याे

काठमाडौं, असोज ५ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्ध एयरले लिएका छन्।को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउनटरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने छन्।

यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्ने बैंकको भनाइ छ। एनएमबी बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा १०० प्रतिशत क्यास ब्याक फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोग कर्ताहरूलाई प्रदान गरिएको बैंकले बताएको छ। बैंकले हाल देशभरी २०१ शखा, १४६ एटिएम र १२ एक्सटेन्सन काउन्टरत्द्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।