काठमाडौं । लगातार घटेको सुनको मूल्य आज बढेको छ । शुक्रबारको बजारमा सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँ बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा सुनको मूल्य बढेको हो