काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ । मंगलबार ०.२५ प्रतिशतले बजार घटेको हो ।
बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ । मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।
घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।
स्वाभिमान लघुवित्त, सामलिङ पावर, एनआईबीएल ग्रोथ फण्ड, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य बढी घटेको छ ।