Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारका सबै सूचक बढे


सेयर बजारका सबै सूचक बढे

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन आज मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.६२ अंक ९१.४३ प्रतिशत० बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२७ अंकमा पुगेको   छ । २२ कम्पनीको मूल्य घट्दा २१९ को बढ्यो भने ३ को स्थिर रह्यो । कुल ४ अर्ब ८ करोड करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ३ अर्ब ४० करोडको भएको थियो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । हाइड्रोपावर र माइक्रोफाइनान्स समूह ३ प्रतिशतभन्दा धेरै बढे ।


अंकका आधारमा बैंकिङ २, विकास बैंक ५९, फाइनान्स ६, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ७६, जीवन बीमा १४१, उत्पादन १६, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा १९०, अन्य १७ र व्यापार समूह ०.८४ अंक बढे । ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । समाज लघुवित्त, उपकार, युनिक नेपाल, जनउत्थान सामुदायिक, मानुसी लघुवित्त र रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको मूल्य ९.७, बुद्धभूमि हाइड्रोपावरको ८.६, मकरजितुमाया हाइड्रोपावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।


हिमालय ऊर्जा विकास कम्पनीको ४.६ प्रतिशत, सप्तकोशी विकास बैंकको १.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, आरएसडीसी लघुवित्त, रिडी पावर तथा स्वाबलम्वन लघुवित्त क्रमश अगाडि रहे । धितोपत्र बजारमा आजैदेखि ब्रोकर कमिसन पनि घटेको छ ।