काठमाडौँ । दशैँका लागि अग्रिम टिकट बुकिङ अर्काे साताबाट खुला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयबीच छलफलगरि घटस्थापनाभन्दा एक साताअघि टिकट बुकिङ खुला गरिने महासंघले बताएको छ ।
तत्काल टिकट खुलाउनका लागि सहज नभएकाले अर्काे साता सुरुगर्ने विषयमा छलफल भइरहेको महासंघको भनाई छ । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने भएकाले पनि अग्रिम टिकट बुकिङ खुलामा केहि ढिला हुन सक्ने यातायात व्यवसायीहरुको भनाई छ । अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वमा यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भएको बताए ।