Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकमाथि हुने व्यवहारका विषयमा गृहमन्त्रीको चासो


नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकमाथि हुने व्यवहारका विषयमा गृहमन्त्रीको चासो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकमाथि हुने व्यवहारका विषयमा चासो राखेका छन् । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीसँगको भेटवार्तामा गृहमन्त्री लेखकले मर्यादित व्यवहार गर्ने विषयमा छलफल गरेका हुन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिए । गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।