Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुपारी आयातमा अतिरिक्त कर थप गर्न सरकारलाई संसदीय समितिको निर्देशन


सुपारी आयातमा अतिरिक्त कर थप गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बाह्य मुलुकबाट नेपालमा आयात हुने सुपारीमा अतिरिक्त कर थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको १४ औं बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल आयात गरेर नेपाली सुपारी भन्दै पुनः भारत लगायतमा सुपारीको तस्करी भइरहेको निष्कर्षसहित समितिले नेपालमा बाह्य मुलुकको सुपारी आयात नै हुन नदिनेगरी कर लगाउन सरकारलाई भनेको हो ।

यस्तो करका बाबजुद पनि आयात हुने सुपारीबाट हुने आम्दानी नेपाली सुपारी कृषिको हकमा लगाउन समेत समितिले निर्देशन दिएको छ । यस्तै समितिले यथास्थितिमै नेपालबाट भारत तथा तेस्रो मुलुकमा कुनै प्रकारका सुपारी निर्यातको गर्नदिन नसकिने निर्णय गरेको छ । बैठकमा नेपालमा उत्पादन हुने कच्चा सुपारी कच्चा अवस्थामै निर्यातको अनुमति दिनेबारे छलफल गरे पनि अध्ययन र अनुगमनविना निर्यातको कुनै निर्णय नगर्ने समझदारी गरेको हो ।

तेस्रो मुलुकबाट आायात हुने सुपारी नेपालबाट तस्करी भएर भारतीय बजार पुगेको र नेपाललाई दलाल समूहले बदनाम गरेको भन्दै समिति सदस्यहरुले नेपाली सुपारी खेतीको स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको छ । यस्तै, सुपारी खेती प्रवर्द्धन गर्न, सुपारीलाई कृषिजन्य उपजमा सूचीकरण गर्न, नेपाली किसानबाटै सुपारी प्रशोधनका लागि यन्त्रिक सहयोगका लागि अनुदान उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।