काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ । रनवे भिजिविलिटी रेन्ज (आरभीआर)कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । उडान नं.६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।