Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाँकेको सुधार गृहमा झडप, एकको मृत्यु


बाँकेको सुधार गृहमा झडप, एकको मृत्यु

बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको बाँकेका डिएसपी तथ प्रवक्ता नारायण डाँगीले बताए ।

जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ । समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रमुख विमला काउचाले बताइन् । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् ।

बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधार गृह स्रोतले जानकारी दिएको छ ।