Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब गुमायो


नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब गुमायो


काठमाडौं, भदौ १५। चालू आर्थिक वर्षको बजेट निर्माण गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिडका कारण १६ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गुमाएको बताएको छ । हरेक वर्ष १० प्रतिशतले आम्दानी वृद्धि गरिरहेको प्राधिकरण आर्थिक वर्षले २०७६,७७ देखि २०७९,८० सम्म १६ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ आम्दानी गुमाएको हो ।

सबैभन्दा धेरै ०७७,७८ मा ७ अर्ब ७३ करोड, २०७८,७९ मा ४ अर्ब ३९ करोड, २०७६,७७ मा ३ अर्ब ४३ करोड र ०७९,८० मा ९२ करोड गरी प्राधिकरणले १६ अर्ब ४९ करोड आम्दानी गुमाएको हो ।२०७६ चैतमा सरकारले लकडाउन गरेपछि सुरु भएको नोक्सानी अझै पुरानो लयमा फर्किन नसकेको र यात्रु अनि उडान संख्या पनि अझै नबढेको प्राधिकरणले बताएको छ । प्राधिकरणले काठमाडौंसहित पोखरा, भैरहवामा तीन वटा अन्तर्राष्ट्रियसहित ३३ वटा विमानस्थल सञ्चालन गरिरहेको छ ।