Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजीनामा दिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


राजीनामा दिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।

त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उनले बताए ।