काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत कृषि सेवा समूहका अधिकृत आन्दोलनमा उत्रिएका छन् । उनीहरूले समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेका ३२८ जनाको समेत स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्नेलगायत माग राखेका छन् ।
उनीहरूले कृषितर्फका प्राविधिक कर्मचारीको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्नेलगायत चारबुँदे माग राखेका छन् । कर्मचारीले विरोधस्वरूप बिहान साढे ९ देखि १२ सम्म मन्त्रालयको प्रवेशद्वारमा १० दिनदेखि धर्ना दिइरहेका छन् ।