Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको ‘मभिं पुखु’ पोखरीमा निर्माणाधिन संरचनाका विषयमा पुरातत्व विभागको चासो, काम रोक्न स्थानीय रणनीति बनाउँदै


कीर्तिपुरको ‘मभिं पुखु’ पोखरीमा निर्माणाधिन संरचनाका विषयमा पुरातत्व विभागको चासो, काम रोक्न स्थानीय रणनीति बनाउँदै

काठमाडौं । पुरातत्व विभागले कीर्तिपुर नगरपालिका वडा नं.३ स्थीत मभिं पुखु पोखरीको जिर्णाेद्धार तथा आसपासमा निर्माण भइरहेको संरचनाका विषयमा चासो व्यक्त गरेको छ ।

विभागमा आज एक विज्ञप्ती जारी गर्दै विश्व सम्पदाको सम्भावित सूचीमा रहेको कीर्तिपुर क्षेत्रमा रहेका प्राचीन संरचनाको जीर्णाेद्धार तथा मर्मतका कुनै पनि निर्माण कार्य गर्न विभागसँग अनुमति लिनुपर्ने भन्दै स्मरण गराएको छ । केहि दिनअघि मात्रै कीर्तिपुर नगरपालिका क्षेत्रका स्थानीयले सो पोखरीमा बन्दै गरेको संरचना रोक्न विभागको ध्यानाकर्षण गराएका थिए ।

विभागको विज्ञप्तीमा भनिएको छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार ऐतिहासिक पोखरीहरु प्राचीन स्मारक अन्तरगत पुरातत्व विभागको संरक्षणमा रहने   देखिन्छन् । सोही ऐन बमोजिम कीर्तिपुरस्थित ऐतिहासिक मभिं पुखु पोखरी प्राचिन स्मारक अन्र्तगत पर्ने र सो पोखरीको जीर्णाेद्धार तथा आसपासमा गरिने निर्माण कार्य पुरातत्व विभागको समन्वय र सहमतिमा गरिनुपर्दछ ।

साथै कीर्तिपुरस्थित मध्यकालीन वस्ती विश्व सम्पदाको सम्भावित सूचीमा समेत रहेकाले सो क्षेत्रका सबै प्राचीन स्मारक एवं पुरातात्विक वस्तुहरुको उचित संरक्षण मार्फत सो क्षेत्रको सांस्कृति मूल्य काम राख्न विभाग प्रचलित कानुन बमोजिम कार्यरत छ । यसैबीच, पोखरीमा निर्माणधिन संरचना तत्काल रोक्न माग गर्दै स्थानीयले आज छलफल गर्दै छन् । उनिहरुले संरचना निर्माणको कामलाई तत्काल रोक्न रणनीति बनाउने तयारीमा जुटेका हुन ।