Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्वोच्च अदालतद्धारा प्रहरीको ध्यानाकर्षणः जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था छ


सर्वोच्च अदालतद्धारा प्रहरीको ध्यानाकर्षणः जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था छ

काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका जोशीलाई जिल्ला अदालत कास्कीले आजसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

बुधबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो । जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ । दशैं बिदा सुरु भएकाले अब धरौटी वा तारेखमा छाड्दा पनि हुने भन्दै प्रहरीको ध्यानाकर्षण गराइएको हो ।