Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले खाद्य र कृषिका लागि गरेको प्रयास न्युन छः मन्त्री अधिकारी


सरकारले खाद्य र कृषिका लागि गरेको प्रयास न्युन छः मन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन् ।

अधिकारीले कृषि उत्पादनका लागि सामग्री उपलब्ध नरहेको बताए । 'किसानले समयमा मलखाद, बिउ न पाउने समस्या विगतबाट हुँदै आएको छ,' उनेले भने,'हामीले यो विषयमा धेरै काम गर्ने बाँकी छ ।'

मन्त्रीले लगानी दशक घोषणा अनुसार कार्ययोजना तयार गरी रहेको बताए । उनले भने, '२०८१ देखि २०९१ सम्म राज्यले कृषि लगानी दशक घोषण गरेको छ र यसलाई सार्थक बनाउन मन्त्रालयले आवश्यक तयारी गरेको छ।'

कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्नपर्ने तर्क राखे । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरणका सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।