Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ५२.९७ अंकले बृद्धि


नेप्से परिसूचक ५२.९७ अंकले बृद्धि

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्च हो । आज कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो । सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुगे पनि सर्किट ब्रेक लाग्न पाएन । आइतबार कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६२ करोड पुग्यो । २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ । सो समूह सबैभन्दा धेरै ३.७४ प्रतिशत बढ्यो । विकास बैंक १.२०, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर ३.३०, लगानी १.३०, जीवन बीमा २.०५, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६, अन्य १.९९ तथा व्यापार समूह २.२१ प्रतिशत बढे ।

रिडी पावर, माण्डु हाइड्रोपावर, जानाकी फाइनान्स तथा हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । अरुणभ्याली हाइड्रोपावरको ९.३, नेसनल हाइड्रोपावरको ८.८ प्रतिशत मूल्य बढ्यो । बलेफी हाइड्रोपावरको ५.१ तथा सप्तकोशी विकास बैंकको २.६ प्रतिशत मूल्य घट्यो ।