Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्यान महासंघको अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन, शनिबार १५ औं महाधिवेशन


क्यान महासंघको अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन, शनिबार १५ औं महाधिवेशन

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् । नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन भएको क्यानले जनाएको छ ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो। पुस १३ गते शनिबार क्‍यान महासंघको १५ औं महाधिवेशन हुँदैछ ।

पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् । जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् । साथै उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।