Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गरिमाबैंक ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ लिन सहन हुने


गरिमाबैंक ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ लिन सहन हुने

काठमाडौं , गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ। विदेशमा रहेका नेपालीले नेपालको आफ्नो बैंक खातामा कारोबार विवरण हेर्न एवं ससाना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सेवालाई स्तरोन्नति गरेको हो।

विदेशमा बसी गरिमा विकास बैंकद्वारा मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजात पूरा गरी यो सेवा लिन सक्ने व्यवस्था गरेको बताएको छ। साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी वेब बैकिङ पनि सजिलै चलाउन सक्ने बताइएको छ ।