Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चामलको अभाव हुन नदिनेःमन्त्री रिजाल


चामलको अभाव हुन नदिनेःमन्त्री रिजाल

काठमाडौं, भदौ १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चामलको अभाव नहुने बताएका छन्। भारतले चामलमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको आपूर्तिलाई लिएर चिन्ता बढेको छ। भारतले विभिन्न चामलमा कर लगाउने र निर्यात प्रतिबन्ध गरेसँगै २० प्रतिशतसम्म चामल बढेको थियो।

अहिले हामीसँग तीन महिनालाई चामलको मौज्दात छ,रिजालले भने, तीन महिनापछि हाम्रै आन्तरिक उत्पादन बजारमा आउन थाल्छ। भारतले चामलको आवश्यकता पर्ने देशबाट सरकारी प्रक्रियाबाटै माग भएमा सो देशको लागि चामल निर्यात गर्ने उल्लेख गरेकाले समस्या नहुने मन्त्री रिजाल बताए।

नेपाल सरकारले भारतसँग १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी माग गरेको छ। मन्त्री रिजालका अनुसार नेपालले गरेको मागमा भारतले सैद्धान्तिक सहमति गरि सकेको छ। मन्त्रालयका अनुसार हाल १४ हजार मेट्रिक टन चामल मौज्दात छ। ५ हजार मेट्रिक टन चामल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।