Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माधव नेपाललाई ललिता निवास प्रकरणमा फँसाउन खोजेको आरोप


माधव नेपाललाई ललिता निवास प्रकरणमा फँसाउन खोजेको आरोप

काठमाडौं, भदौं ८ । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत्याउने बताए ।

उनले भने, समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ। कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडि हो । गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरु सक्षम रहेको बताएका छन्।