Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजाज मोटरसाइकलको लिडरसिपको २५ वर्ष सम्पन्न


बजाज मोटरसाइकलको लिडरसिपको २५ वर्ष सम्पन्न

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारि वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालन गरेको नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन सम्पन्न गरेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यका साथ यो अभियान नयाँ वर्ष २०७८ को अवसरमा सुरु गरेको थियो ।

अभियानको एक हिस्साका रूपमा बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको बताएको छ । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योरसट नगद छुट र भाग्यशाली २५ ग्राहकले एक केजी चाँदी जित्ने अवसर समावेश गरिएको उल्लेख छ ।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अभियान अहिलेसम्मको यात्रामा ग्राहकले वर्षौँदेखि दिएको अटल साथका लागि आभार व्यक्त गर्नुका साथै यस उत्सवलाई मनाउने एक माध्यम भएको बताएका छन्  ।