Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाली बजारमा सामसङले ग्यालेक्सी एम-१४ एलटीई ल्याउँदै


नेपाली बजारमा सामसङले ग्यालेक्सी एम-१४ एलटीई ल्याउँदै

काठमाडौँ । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् ।

यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ१.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ । यसमा ५००० एमएच ब्याट्री र २३ वाट द्रुत चार्जिङ पाउन सकिन्छ । त्यस्तै, यसमा क्वालकम स्नापड्रागन ६८० अक्टा–कोर प्रोसेसर रहेको कम्पनीको भनाई छ । यस बाहेक, ग्यालेक्सी एम१४ एलटीई ले ६ जीबीसम्मको ¥याम प्रदान गर्दछ र यसको ¥याम प्लस सुविधाले थप ६ जीबी भर्चुअल ¥याम प्रदान गर्दछ ।

ग्यालेक्सी एम१४ एलटीई दुई आकर्षक रङ्गहरू निलो र गाढा निलोमा आउँछ। यो ४/६४ जीबी संस्करणको लागि १६ हजार ९९९ र ६/१२८ जीबी संस्करणको लागि २१ हजार ९९९ को मूल्य निर्धारण गरिएको छ । यो मोडेल १८ मे २०२४ बाट सुरु हुँदै देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुनेछ ।

सबै अधिकृत सामसङ इन्स्टा फाइनान्स स्टोरहरूमा उपलब्ध इन्स्टा फाइनान्स सेवाको साथमा उपभोक्ताहरूले पनि सजिलैसँग उपकरण प्राप्त गर्न सक्छन् । यो सेवामा शून्य प्रतिशत ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ ।

सेवालाई अझ सरल बनाउँदै अहिले उपभोक्ताहरूले सहज रूपमा मात्र आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सक्छन् । इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरूमा नेपालभर उपलब्ध छ ।