Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्यानडा अध्ययनका लागि जाने विद्यार्थीलाई सात बुँदे सुझाव


क्यानडा अध्ययनका लागि जाने विद्यार्थीलाई सात बुँदे सुझाव

काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात बुँदे जानकारी प्रस्तुत गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरूले पालना गर्नुपर्ने विभिन्न नियमहरूबारे पनि जानकारी गराएको हो । निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न आग्रह गरिएको छ । विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि २०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ।

उक्त सूचना नेपाली राजदूतावासको फेसबुक पेज, एक्स एकाउन्टमा हेर्न सकिन्छ, । त्यस्तै, आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदि बारे पर्याप्त खोजी गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नु पर्ने समस्या कम गर्न सकिन्छ। अवास्तविक, अपर्याप्त अतिरंजितप्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिनुपर्र्छ, अध्ययनका लागि क्यानडा आउनु पूर्व क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्व विद्यार्थीहरू,विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घ लगायत नेपाली डायस्पोराका सङ्घ-संस्थाहरूसँग समेत आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकै चोटि व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ।

विज्ञप्तीमा भनिएको छ, अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्ने खाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ। क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रबन्ध गरेर मात्र आउनुपर्छ। त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतीका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले सुरुमै सावधानी अपनाउन उचित हुन्छ।

त्यस्तै, विश्वभरीबाटै आउने विद्यार्थीहरूको सङ्ख्या बडेसँगै क्यानडाभरी विद्यार्थी आवास र रोजगारीका अवसरमा तिव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भइरहेको देखिन्छ। यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनु पूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ।

सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहनुपर्छ, क्यानडाको हावापानी शीत ऋतुमा अत्यन्तै चिसो हुने हुँदा सो ठाउँको हावापानी बारे पूर्व जानकारी लिएर तयारी गर्नु उचित हुन्छ। त्यस्तै, भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एक्कासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त सबै कामहरू आफै गर्नुपर्ने जस्तै पकाउने, सरसफाई, किनमेल, परिवहन, बजार, आवतजावत आदिबारे स्थानीय तौरतरिकाबारे पूर्व जानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ।