काठमाडौँ । क्षतिपूर्तिको टुंगो नलाग्दा सौर्य एयरलाइन्स दुर्घटनामा मृत्युभएका अधिकांस व्यक्तीका आफन्तीले शव बुझ्न इन्कार गरेका छन् । क्षतिपूर्ति, बिमा लगायतका विषयमा टुंगो नलगाउँदा जहाज दुर्घटनामा मृत्यु भएकाका अधिकांश आफन्तहरुले शव बुझेका छैनन् । केहीले मात्रै शव बुझेको बताइएको छ ।
शव परीक्षण सकिएकाले आजै आफन्तलाई बुझाउने भनिए पनि क्षतिपूर्तिको विषयमा अझै सहमति हुन सकेको छैन । प्रहरीका अनुसार ५ वटा शव भने अन्त्येष्टिका लागि लगिएको छ । उद्धव पुरी, अस्मिन निरौला, श्याम विन्दुकार, सुशान्त कटुवाल र राजाराम आचार्यको शव आफन्तले बुझेका प्रहरीले जनाएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमान चालक मनिषरत्न शाक्यको भने काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।