काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो । बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूची अनुसार सहसचिवमा प्रेम प्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् ।
त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय सिफारिसमा परेका छन् । यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीको नाम बढुवाको सिफारिस सूचीमा छ । यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।