Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लुम्बिनीमा ३० करोड लगानीमा रुसी बौद्ध मन्दिर निर्माण सुरु


लुम्बिनीमा ३० करोड लगानीमा रुसी बौद्ध मन्दिर निर्माण सुरु

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । एक सय ८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

रुसको नेपालस्थित दुतावास, रुस नेपाल मैत्री संघ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रूसी गुम्बा नेपालका संयोजक ई।प्रविण गौचनले जानकारी दिए ।

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक विघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको गौचनले बताए । एक समारोहकाबीच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरुको बौद्ध पाठपरायण सहित रसियन राजदुत असेक्सेई नोभिकोभले मन्दिर निर्माणको शिलन्यास गरे । सो अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरु बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गरेका थिए। नेपालको सिई कन्सट्रक्सनले साढे दुई तले मन्दिर निर्माण सुरु गरेको छ ।

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलन्यास कार्यक्रममा बोल्नुहुँदै रसियन राजदुत नोभिकोभले नेपाल रसिया मैत्री सम्बन्धमा संस्कृति आदान प्रदान उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताए । उनले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताए । साथै राजदुतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा सावित बन्दै भावी पिडिका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।