Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको भाजंगलस्थित पाँगाको मशान(दीप)लाई नोक्सानी हुनेगरि बाटो निर्माण नगर्न स्थानीयको आग्रह, पत्रकार महर्जनको संयोजकत्वमा समिति गठन


कीर्तिपुरको भाजंगलस्थित पाँगाको मशान(दीप)लाई नोक्सानी हुनेगरि बाटो निर्माण नगर्न स्थानीयको आग्रह, पत्रकार महर्जनको संयोजकत्वमा समिति गठन

काठमाडौं । कीर्तिपुर नगरपालिका भाजंगलस्थित पाँगाका स्थानीयहरुको मशान(दीप)मा नोक्सानी हुनेगरि नगरपालिकाले बाटो निर्माण गर्न खोजेको भन्दै विरोध गरेका छन् ।

 

पाँगाका स्थानीयले प्रयोग गर्दै आइरहेको मशान (दीप)नै मेटिने खतरा बढेको भन्दै बाटो निर्माणलाई रोक्न सार्वजनिक सुनुवाई नै आयोजना गरेका हुन । स्थानीयले शनिवार सार्वजनिक सुनुवाइ गर्दै मशान (दीप)हानी नोक्सारी हुनेगरि खोला छोपी बाटो बनाउन खोजिएको भन्दै विरोध गरेका छन् ।

स्थानीय गुठी, टोल तथा नागरिक समाजका अगुवाहरुले नगरपालिकालाई पटक—पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको भन्दै आपत्ती जनाएका छन् । स्थानीयले तत्काल काम नरोके विरोध गर्ने बताएका छन् ।

कीर्तिपुर नगरपालिकाले बाटो निर्माणकालागि २० लाख विनियोजन गरेको छ । तर, स्थानीयले बाटो फराकिलो भए त्यहाँ बस्ती बस्ने र मशान (दीप)को इतिहास मेटिने दावी गर्दै आइरहेका छन् । यसैबीच, स्थानीय पत्रकार तथा नागरिक समाजका नजरराम महर्जनको संयोजकत्वमा एउटा समिति बनेको छ । उक्त समितिले केहिदिन  भित्र पुर्ण समिति निर्माण गर्ने र आगामी कार्यक्रमहरु अघि बढाउने छ ।