Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बजेट अभावमा अस्पताल निर्माणमा अलपत्र


बजेट अभावमा अस्पताल निर्माणमा अलपत्र

कैलाली । जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ । बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए ।

चालु आर्थिक वर्ष २०८०—८१ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको बताउँदै उनले बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि निकासा नभएको जानकारी दिए ।

गत मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्षका लागि थप गरिएको छ ।

निर्माण कम्पनीलाई पालिकाले रु एक करोड पेस्की दिएकोमा त्यसपछिको कामको भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्पताल जगसहित जमिनमुनिको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउन बजेट नआएकाले ढिलो भएको छ । मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ ।

प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार मोहन्याल गाउँपालिका–६, सोल्टामा अस्पताल निर्माणको काम अगाडि बढाइएको थियो । अस्पताल भवन निर्माणका लागि प्रशंसा जेभीसँग रु छ करोडमा ठेक्का सम्झौता भएको छ ।