काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरेका छन् । ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।
चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले सरोकारवालासँग छलफल गर्दै