Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि


नवलपरासी पूर्वमा सुन्तला जातको फलफूल खेती क्षेत्र दोब्बरले वृद्धि

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई दोब्बरले विस्तार भएको छ । परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो ।

पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि आठ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए।

परियोजनाले बुलिङटार, बौदीकाली गाउँपालिका, हुप्सेकोट–५, देवचुली–६, मध्यविन्दु ८ र १५ वडा गैँडाकोट गाउँपालिकाको १८ नम्बर वडासहित १७ वडामा सुन्तला जात फलफूलका लागि जोन कार्यक्रम सञ्चालन गरेको छ । सुन्तला जातमा प्रतिफल लिन समय लाग्ने भएकाले पाँच वर्षपछि उत्साहजनक प्रतिफल आउने कृषि भएको बताए ।


त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ कावासोती नगरपालिकाको ४, ९, १०, १२, १५, १६ र १७ वडा र मध्यविन्दु नगरपालिकाको १, २, ३, ६ र ९ सहित १६ वटा वडामा तरकारी जोन कार्यक्रम लागू भएको छ । आब २०७५-०७६ मा सुन्तला जात र २०७६-०७७ मा तरकारी जोन कार्यक्रम सुरु भएको हो ।

वार्षिकरुपमा छ समूहले एक करोडभन्दा माथि तरकारीको कारोबार गरेका छन् । आठ समूहले रु ५० लाखमाथि, आठ वटा समूहले रु २० लाखमाथि, आठ वटा समूहले रु १० लाखमाथिको कारोबार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंहले बताए ।

साथै परियोजनाले १६ कृषक समूहका सदस्यतर्फ १६ जना, पाँच वटा निजी फार्म र एक वटा समूहलाई उत्कृष्ट किसान घोषणा गरी पुरस्कृत गरिएको प्रमुख सिंहले जानकारी दिए। पुरस्कृत हुनेमा निजी फार्मतर्फ आरजु कृषि फार्म कावासोती–१७, रुद्रपुर कृषि तथा पशुपालन प्रालि, बौदीकाली–५, टीकारत्न टुल्की कृषि फार्म गैँडाकोट–१८, प्रेक्षा एग्रो फार्म बुलिङटार–३ र भुसाल कृषि फार्म बुलिङटार–४ रहेका छन् ।

समूह सदस्यतर्फ युकबहादुर सारु, प्रेमप्रकाश पोख्रेल, धमलाल सिंजाली, नरविर मश्राङ्गी, भुवनसिंह सोमै मगर, चन्द्रबहादुर बाचेमगर, नरसिंह सुनारी, पीताम्बर सारु, धनबहादुर थापा, दलबहादुर रानामगर, दानबहादुर गाहा, ओमबहादुर अस्लामी मगर, गुञ्जबहादुर चितौरे, मिलन सारुमगर, देवबहादुर राना र ओमबहादुर झेंडी छन् ।

उनीहरुलाई जनही रु तीन हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । समूहतर्फ मध्यविन्दु कागती फलफूल तरकारी उत्पादन कृषक समूह रानीटार पुरस्कृत भएको थियो ।