काठमाडौं, असोज ७। एनआइसी एसिया बैंक लिमिटेडका २६औँ वार्षिक साधारण सभा असोज २८ हुने भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैंकले बताएको छ। साधारणसभामा गत आर्थिक वर्ष २०७९,८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषय सूची छ।
साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६० र १.५२६३ प्रतिशत नगद लाभांश १७ करोड ६५ लाख ३ हजार २ सय ४० लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषय सूची समावेश गरिएको छ। एनआई सी एशिया बैक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैक हो। यस बैकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा विस्तार गर्ने भएको छ।