काठमाडौँ । बाढीपहिरो र डुबानमा परी १ सय जना जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार ६७ जना बेपत्ता भएका छन् । एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर मा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा एक, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरो र डुबानमा परी १ सय जना जनाको मृत्यु, ६७ जना बेपत्ता