काठमाडौं । दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार बिहानसम्म अर्थात् पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले असोज २७ गतेदेखि नै उपत्यका फर्कनेको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार दसैँको टीकाको भोलिपल्ट काठमाडौँ फर्किनेको सङ्ख्या २९ हजार आठ सय ५८ थियो ।
दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्यामा वृद्धि