Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फाइनान्स र होटल सेक्टरले तोड्यो रेकर्ड, हालसम्मकै उच्च विन्दुमा


फाइनान्स र होटल सेक्टरले तोड्यो रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले उच्च अंकको रेकर्ड नतोड्दै फाइनान्स र होटल समूहले भने सबै रेकर्ड तोडेका छन् । यी दुवै सेक्टर अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् ।

बिहीबार समग्र बजार घट्दा पनि यी दुई समूह बढे । फाइनान्स समूह १।७७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत बढे ।

फाइनान्स समूहको सूचक ३५६८ अंकमा पुगेको छ, जुन अंक हालसम्मकै उच्च हो । फाइनान्स समूह विगत एक महिनामा ४८ प्रतिशत बढेको छ भने विगत एक वर्षमा ९७ प्रतिशत बढिसकेको छ । फाइनान्स समूहमा १५ कम्पनी सूचीकृत छन् ।

त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ७ हजार २७३ अंकमा पुगेको छ । यो समूह विगत एक महिनामा ३७ प्रतिशत बढेको छ भने एक वर्षमा ३१ प्रतिशत बढेको छ । यो समूहमा ६ कम्पनी सूचीकृत छन् ।