Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नबिलको सिइओमा पुनः ढुंगाना


नबिलको सिइओमा पुनः ढुंगाना

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना दोहोरिएका छन् । २ जेठमा बैंकको सञ्चालक समिति बैठकले ढुंगानालाई १७ असारदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनः बहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभवसमेत हासिल गरेका ढुंगाना देशको अर्थतन्त्रको आवश्यकताबमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने सिइओका रूपमा परिचित छन् ।