काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्राको विनिमय दर