काठमाडौं, भदौ १० । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।