काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने छ । सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वतस् पद निलम्बनमा पर्छ । ऐनको दफा—२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ । अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।
रवि लामिछानेको सांसद पद स्वतःनिलम्बित हुने