Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बिहेको लगन सकिएसँगै सुनको मूल्य ओरालो


बिहेको लगन सकिएसँगै सुनको मूल्य ओरालो

काठमाडौं । वैशाखमा रहेको बिहेको लगन सकिएको छ । बिहेको लगन सकिएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्न थालेको छ । लगन हुँदा लगातार उकालो लागेको सुनको मूल्य बुधबार एकै दिन २७ सयले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।