Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी बचतकर्तालाई 'आशाको किरण' ! संसदीय समितिले सहकारी सञ्चालकसँगै छलफल सुरु गर्यो


सहकारी बचतकर्तालाई 'आशाको किरण' ! संसदीय समितिले सहकारी सञ्चालकसँगै छलफल सुरु गर्यो

काठमाडौँ । पछिल्लो समय राज्यको निकायले गम्भीरता देखाउदा सहकारी संस्थाका बचतकर्ताहरुको बचत सुरक्षीत हुने संभावना बढेर गएको छ । देशमा बढ्दो आर्थिक तरलतालाई कारण बनाउँदै सहकारी संस्थाहरुले निक्षेप फिर्ता गर्न आलटाल गरेपछि एकाएक सहकारीहरुमा बचतफिर्ताको ताकेता बढेको थियो ।

जसलाई थक्न सहकारी संस्थाहरुले सकेनन् । जसका कारण धेरै नाम चलेका सहकारीहरु समस्याग्रस्त घोषणा भएका थिए । अहिले यो विषयमा प्रतिनिधिसभा अन्र्तगत संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकलाई नै बैठकमा सोधपुछ सुरुगरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिले सोमबार सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको हो ।

सोमबार बसेको समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका सेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

सोधपुछका क्रममा शाहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् । यो छलफलले के जनाउछ भने, अब सहकारीका बचतकर्ताहरुले कुनै पनि हालतमा रकम फिर्ता पाउछन् । उनिहरुको रकम फिर्ता हुनेमा कुनै आशंका छैन ।

मुख्यगरि सहकारी संस्थाका आडमा सञ्चालकहरुले जोडेको चलअचल सम्पत्तिबाटै बचतफिर्ताको वातावरण बन्ने संसदीय समितिका एक सदस्यले बताए । उनले भने, मूख्यगरि सञ्चालकले कुनै पनि बहानामा उम्किन पाउदैन, उनिहरुलाई कानुनी दायरा छ, जे जति सम्पत्ति छ, त्यहि बिक्रिगरि बचतकर्तालाई रकम फिर्ता गर्ने हो । कति पय सहकारीहरुले बचत फिर्ताको साटोमा चलअचल सम्पत्ति लिने गरेको देखिएको छ । आजको मितिमा बचत सुरक्षीत गर्ने उत्तम उपाय हो उनले भने ।